क्लबद्वारा उज्यालो घरलाई खाधान्न लगायतका सामाग्री सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दमौली:  तिहारको अवसरमा देउसी भैलो खेलेर संकलित रकमबाट खाधान्न लगायतका सामाग्री सहयोग गरीएको छ । व्यास -१० बैरेनीमा रहेको उज्यालो घर बालगृहलाई नमस्ते देउराली युथ क्लवले सामाग्री सहयोग गरेको हो।

तिहारमा देउसी भैलो खेलेर क्लबले संकलन गरेको केहि रकमबाट उज्यालो घरमा चामल तेल,नुन दाल, अण्डा,कपी ,कलम र चिसोबाट बच्नको लागि ब्लाङ्केट र हिटर सहयोग गरेको क्लवले जनाएको छ । उज्यालो घरका अध्यक्ष सागर घिमिरेलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो।

संस्थालाई खाधान्न लगायतका सामाग्री सहयोग गरेकोमा नमस्ते देउराली युथ क्लवलाई उज्यालो घरका अध्यक्ष सागर घिमिरेले आभार व्यक्त गरेका थिए । अन्य सहयोगी मनहरुलाई समेत उज्यालो घरलाई सहयोग गर्न अनुरोध समेत उनले गरे ।

नमस्ते देउराली युथ क्लवले यो बाहेक अन्य सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्