बुद्धि गुरुङको मृगौला उपचारका लागि तनहुँ समाज युकेको साढे २ लाख सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँ समाज यूकेले व्यास११ निर्बु निबासी बुद्धिबहादुर गुरुङको मृगौलाको उपचारको लागि आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाई भोगिरहेका गुरुङको अवस्था सुनेर राहतस्वरुप सहयोग प्रदान गरिएको समाजका महासचिव महेन्द्र आलेले जानकारी दिए ।


समाजले बुद्धिबहादुरलाई दुई लाख ६० हजार रुपैयाँ सहयोग गरेको हो । समाजकी उपाध्यक्ष निर्मला थापाले शनिबार घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको महासचिव आलेले जानकारी दिए । समाजले आफ्ना सहयोगी तथा शुभेच्छुकबाट सहयोग शंकलन गरिएको जनाएको छ । अध्यक्ष सन्त गुरुङले सहयोगका लागि शुभेच्छुकलाई धन्यवाद दिए ।


यूकेको विभिन्न शहरमा छरिएका तनहूँगेलाई एकिकृत गर्ने उदेश्यले सन २००८ मा स्थापित समाजले स्थापना काल देखि नै तनहूँको शिक्षा, स्वास्थ्य,खानेपानी ,पर्यटन तथा कला संस्कृतिका क्षेत्रमा सहयोग प्रदान गर्दै आई रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्