तनहुँका अर्का रामचन्द्रको लोभ लाग्दो सक्रियता

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँ राष्ट्रपति रामचन्द्र पौडेलको जिल्ला भनेर उत्तिकै परिचित छ। यो जिल्लामा अर्का नेपाली कांग्रेसका शक्तिशाली नेता रामचन्द्र पोखरेलको लोभ लाग्दो सक्रियताले तरङ्गीत वनाएको हो ।

८२ पुगेका राष्ट्रपति पौडेलकै उमेरका र विचारधाराका पोखरेल यो उमेरमा पनि उत्तिकै स्वस्था र सक्रिय रहेका छन् । केही समय अघि पैदलै तनहुँसुर गएका पोखरेलको उत्तिकै जोशमा काठमाडौं आउजाउ गरिरहन्छन् । तनहुँका सामाजिक राजनीतिक क्रियाकलापमा भ्याउँदा सम्म पुगिहाल्ने उनी सँग संविधान सभासद, जिविस सभापति अनि राससको वरिष्ठ पत्रकारका रुपमा काम गरेको गर्विलो विगत अनि वर्तमान छ ।

नियमित क्रियाशीलताले आरोग्य दिन्छ भन्ने कुरा उनीबाट पुष्टि हुन्छ । गर्विलो प्रजातान्त्रिक ईतिहास बोकेका बीपीका सहयात्री गोवर्धन पोखरेलका जेठा छोरा उनमा अझ सक्रिय र स्वस्था जीवन बिताउने संकल्पले अल्छी पुस्तालाई गतिलै वाण प्रहार भएको पाउछौं।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्