एमालेबाट अलग भएर अर्को बाटो रोज्नु गल्ती थियोः किसान श्रेष्ठ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : नेकपा (एमाले) मै फर्किएका किसान श्रेष्ठले चार वर्षअघि विद्रोह गरेर एकीकृत समाजवादी बनाउनु गल्ती भएको बताएका छन्।

एकीकृत समाजवादीमा लामो समयदेखि असन्तुष्ट रहँदै १० पार्टीको एकतामा नगएका निवर्तमान सांसद श्रेष्ठ सोमबार एमाले फर्किएका हुन्।

‘चार वर्षअघि हामीले विविध कारणले नेकपा (एमाले) बाट अलग भएर हामीले अर्को अलग बाटो रोज्यौं। त्यो निर्णय त्यो बेलाको परिस्थितिमा ठिक लागे पनि आज पछिल्लो आत्ममन्थनपछि हामी त्यो निर्णय गल्ती थियो भन्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने।

एमाले छाडेपछि आफूहरूले एमाले केवल एउटा संगठन नभई आदर्श दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह रहेछ भन्ने बुझेको पनि बताए।

‘एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ। आजको कठिन राजनीतिक र आर्थिक अवस्थाबाट देशलाई निकास सामर्थ्य एमालेसँग मात्रै छ,’ उनले भने।

सोमबार नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य रामकुमारी झाक्री सहितका नेता एमाले फर्किएका थिए। साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्