दमौली: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँकाे अध्यक्ष पदमा विश्व बुढा परियारले बाजी मारेका छन्।आज सम्पन्न भएको निर्वाचनमा उनले वाजी मार्न सफल भएका हुन्।
सम्पन्न मतपरिणाम अनुसार विजयी परियारले २ सय १२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी शुभद्रा श्रेष्ठले ८९ मत प्राप्त गरेकी थिइन् ।
समितिको अन्य पदाधिकारीहरुको पदमा भने सर्वसम्मत चयन भईसकेका छन् ।










