अभियान्ता गफ्फारद्वारा चेपाङ्ग समुदायलाई कपडा बितरण

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँका युवा समाजिक अभियान्ता महम्मद गफ्फार ( सुदिप) समुहले कपडा बैंकको स्थापना गरि आर्थिक रूपमा कमजोर भएका चेपाङ्ग समुदायलाई कपडा वितरण गरेका छन्।कपडा बैंकबाट व्यास -११ स्थित राम्चे ओडारेका बिपन्न चेपाङ्ग समुदायको ४२ घर धुरीलाई करिब २५ हजार बराबरको न्यानो कपडा बितरण गरिएको
हो।

तिहारमा देउसी भैलो खेलेर उठेको रकम र स्वैच्छिक दाताहरुबाट आएको सहयोगबाट कपडा बैंकको स्थापना गरी कपडा बितरण गरिएको सामाजिक अभियन्ता गफ्फारले जानकारी दिए ।व्यास नगरपालिकाका वडा सदस्य गकुल दुराले चेपाङ्ग समुदायकालाई गरिएको सहयोगले धेरै ठूलो राहत भएको उल्लेख गर्दै सदस्य दुराले थोरैमा पनि बाडेर खाने, सहयोग गर्ने बानी गफ्फारमा रहेको बताए।

राम्चे ओडारे टोल बिकास संस्थाका अध्यक्ष रन्त बहादुर चपाङ्गले राज्यको नजारबाट पिछडिएको चेपाङ्ग समुदायलाई जाडो मौसम सुरु भएसँगै न्यानो कपडा सहयोग गरेकोमा धन्यवाद दिएका थिए। आगामी दिनहरुमा पनि समुहले आवश्यकता अनुसार सहयोग गर्ने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्