दमौली : पृथ्वीराजमार्ग सडकको पूर्वी खण्डमा पर्ने दमौली बजारको मुख्य चोक चोकमा रहेको डिभाइडर व्यवसायीले आफ्नो खुशीले हटाउदा दमौलीमा दुर्घटना बढी हुने सम्भावित क्षेत्र बन्ने देखिएको छ। सडक को डिभाइडर एक पछि अर्को हटाउन थाले पछि दुर्घटना हुने देखिएको हो।
बुधवार साँझ मात्रै तरकारी लाइन अगाडि राजमार्गमा राखिएको डिभाइडर हटाउन स्थानीय व्यावसायीहरुले जेसिबी प्रयोग गरिएको थियो। उक्त जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक बन्द गरेपछि आफ्नो व्यापार व्यवसायमा असर परेको भन्दै सडक किनारमा राखिएका डिभाइडर स्थानीयले जेसिबीको सहयोगमा हटाएका छन्।
यस्तो ऐन विपरित कार्यले संम्भावित दुर्घटनाका घट्ना बढ्न सक्ने देखिएको छ । केही समय अघि मात्रै भोर्लेटार चोक र कालिका मार्ग अगाडि रहेका डिभाइडरहरू पनि हटाईएको थियो।













