सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतना मूलक कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले आज मिति २०८२ कार्तिक १८ गते पृथ्वी राजमार्गमा सञ्चालन हुने सवारी साधनका चालक, सहचालक तथा यात्रुहरूलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका क्रममा सहभागीलाइ तिव्रगतीमा सवारी सञ्चालन गर्दा हुन सक्ने सम्भावित दुर्घटना तथा त्यसका जोखिमबारे जानकारी दिइएको थियो। साथै, ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकता र सुरक्षित यात्रा सम्बन्धी सन्देश पनि प्रवाह गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्