काठमाडौँ —नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाल चुनिएका छन् । उनी माओवादी केन्द्रका संयोजक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल थिए ।
नेता महिन्द्र राय यादवले प्रस्ताव गरेपछि अनुमोदन भएको थियो । बुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टीलगायतका दलहरूबीच एकता भएको हो ।













