कुटपिटबाट एक जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

बन्दीपुर: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुन भञ्याङमा भएको कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ एकआपसमा झैझगडा हुदाँ घटना घटेको थियो ।

झगडाका क्रममा खिमबहादुरले चिरपट प्रहार गर्दा खुसीमानको टाउकोमा चोट लागी गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि तत्काल बन्दीपुर अस्पताल लगिएको थियो। टाउको र दाहिने खुट्टामा चोट लागेको खुसीमानलाई प्राथमिक उपचारपछि थप उपचारका लागि  पोखरा पठाइएको थियो ।

पोखरास्थित फिस्टेल अस्पतालमा उपचारको क्रममा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव गण्डकी अस्पताल, पोखराको शवगृहमा राखिएको छ ।कुटपिट गर्ने खिमबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्