जेनजी आन्दोलन पछि मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी सम्बन्धी राप्रपामा बहस चल्यो

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं: यही बेला कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रस्तावलाई राष्ट्रको अखण्डता र प्रजातन्त्रका निम्ति घातक हुने ठहर गर्दै त्यसविरूद्ध देशव्यापी जनजागरण र संघर्ष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। 

अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्। 

बैठकले नेपालको भूराजनीतिक अवस्था, तीन दशकको राजनीतिक अभ्यास र दलहरूको चरित्रका आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशमा एकाधिकार, स्वेच्छाचारिता र विदेशी प्रभाव बढाउने ठहर गर्दै त्यसको विरोधमा जनतालाई सचेत गराउने र आन्दोलन गर्ने घोषणा गरेको हो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी