आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बुढीमाई मन्दिर क्षेत्रको संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनका लागि सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह महायज्ञ २ दिन थप हुने भएको छ । प्रतिकुल मौसमका कारण २ दिन थप हुने भएको हो।
छिम्केश्वरी क्षेत्रको धार्मिक, सांस्कृतिक र भौतिक पूर्वाधार विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ २ दिन थप गरी महायज्ञको समापन यही कार्तिक १७ गते सोमबार तय गरिएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिले जनाएको छ। महायज्ञ कार्तिक ८ गते देखि सञ्चालनमा आएको थियो।













