बीस हजारबाट ढाका व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक बने

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नवलपरासीका विष्णु कुमार चौधरीले १६ वर्ष अगाडी दमौलीमा ढाका व्यवसाय गरेर करोडको सम्पत्ति जोडेका छन् । उनले सुरुमा बीस हजार लगानी गरेको व्यवसाय हाल करोडमा परिणत भएको हो । व्यास नगरपालिका–२ मा २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योग मार्फत उनी सफल उद्यमी बनेका हुन् । ढाका उद्योगमा उनले २५ जनालाई रोजगारी दिएका छन् । हाल उनको उद्योगमा एक करोड भन्दा बढीको लगानी रहेको छ।

ढाकाबाट उत्पादन गर्न सकिने विभिन्न परिधान बारे प्रशिक्षणका सिलसिलामा दमौली आएका चौधरी ले २० हजार लगानी गरी व्यवसाय थालेको बताए । उनीले भने, “पछिल्लो समय अपेक्षा गरिएअनुरुप व्यापार नभए पनि ढाकाको साडी र कोट तर्फ युवायुवतीको आकर्षण बढ्दै गएको छ”, ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य परिधान बन्न थाले पछि ढाका व्यवसाय फस्टाएको गएको उनको भनाइ छ ।

ग्राहकको माग सँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाकाटोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको उनले बताए । यस कारखानामा उत्पादित ढाकाका सामग्री जिल्लामा मात्र सीमित नभई लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँ लगायत बाहिरी स्थानहरुबाट पनि माग हुने गरेको छ । उनले भने

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयहरूले ढाकाको कपडा किन्ने गरेका छन् । उहाँले भन्नुभयो, “दौरा सुरुवाल, जनजातिको कपडादेखि धातुजन्य गहना, सटिङ सुटिङ, विवाह, व्रतबन्ध, पास्नी, विद्यालय, कलेजका पोसाकका साथै झोला उद्योग सञ्चालन गर्दै आएको छु ।” 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्