विद्यार्थीहरूलाई स्विटर वितरण

दमौली न्युज
  • ख-
  • ख+

दमौली: युवा सामाजिक अभियन्ता महम्मद गफ्फार(सुदिप) र समुहले तिहारमा देउसी भैलो खेलेर उठेको ७३ हजार रकमबाट विपन्न विद्यार्थीहरूलाई स्वीटर ,टोपी र मोजा वितरण गरेका छन् । तनहुँको ब्यास -५ स्थित चिन्तुटारमा रहेको श्री शुक्र आधारभुत बिधालयमाअध्ययनरत ३० जना विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजाहरु वितरण गरेका हुन्।

प्रमुख अतिथि हिमाल श्रेष्ठले मानव सेवा नै सबै भन्दा ठुलो धर्म रहेको उल्लेख गर्दै तिहारमा देउसी भैलो खेलेर गरिब र जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा बितरण कार्यको प्रसंशा गर्दै यस्ता कार्यलाई हामी सबै मिल्लेर सहयोग गर्न आवशयक रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक टिकाराम दाहालले “सामाजिक जिम्मेवारी बोध भएका युवाहरूले शिक्षा क्षेत्रमा देखाएको सहयोग प्रशंसनीय छ उनले भने । यस्तो सहयोगले विद्यार्थीहरूमा पढाइप्रतिको रुचि बढाउँछ र उनीहरूमा आत्मबल पनि जगाउँछ।”

गफ्फारका अनुसार तिहारमा देउसी भैलो खेलेर ७३ हजार संकलन भएको र उक्त रकमले विपन्न विद्यार्थीहरूलाई स्विटर ,टोपी र मोजा सहयोग गर्ने , आज बाट अभियान न्यानो सुरु भएको जानकारि दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्