सुनचाँदी व्यवसायी सुनारले महायज्ञलाई गरे २ लाख ५५ हजार भन्दा बढी दान

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी: छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञलाई आँबुखैरेनी ३ निवासी कमल सुनार र मन कुमारी बि कले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन् । तनहुँको आँबुखैरेनी हाटबजार स्थित पवित्र स्थलमा शनिबार देखि सुरु भएको महायज्ञलाई सुनार दम्पतीले सहयोग गरेका हुन्।

महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाईमा अवस्थित मन्दिर क्षेत्रको समग्र विकासका लागी कार्तिक १५ गते सम्म सञ्चालन हुने महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गर्दै ज्ञानगङ्गा प्रवाह गरिरहेका छन्।

महायज्ञ अवधिभर पितृ उद्धार, वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुने छन् त्यस्तै तामा, पित्तल, ढोलक, अन्न, खाद्यान्न तथा अन्य धार्मिक सामग्रीको दान पनि स्वीकार गरिने आयोजकले जनाएको छ । यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरीएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्