संस्कृतिको जगेर्ना गर्नको लागि देउसी–भैलो कार्यक्रम गरिदै

दमौली न्युज
  • ख-
  • ख+

दमौली : परम्परागत संस्कृतिको जगेर्ना गर्न व्यास नगरपालिका वडा नं ३ देउराली नगरमा देउसी भैलो कार्यक्रम गरिने भएको छ । यहि कार्तिक ८ गतेका दिन नमस्ते देउराली युथ क्लवले तिहार र छठ को अवसर पारी देउसी भैलो कार्यक्रमको आयोजना गरीएको क्लवका अध्यक्ष असोक रानाले जानकारी दिए ।

तिहार पर्वको अर्को आकर्षकको रुपमा रहेको देउसी–भैलोलाई यहाँका स्थानीयले जगेर्ना गर्दै आएका  छन् । स–साना बालबालिका देखि बुढापाखाहरु पनि देउसी भैलोमा रमाएको पाउन सक्छौं ।

देउसी भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक तथा सशक्तीकरणमुखी कार्यक्रमहरूमा खर्च गरिने नमस्ते देउराली युथ क्लवका सल्लाहकार स्वतन्त्र सोतीले बताए ।

यहाँका हरेक क्लव, किशोरी समूह, बाल समूह, विभिन्न विद्यालयहरुले देउसी भैलो कार्यक्रम खेलेका छन् । सांस्कृतिक परम्परा जोगाउने तथा सामाजिक एकता सुदृढ गर्ने उद्देश्यले देउसी–भैलो खेल्ने परम्परा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्