
दमौली: तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं १ भादगाउमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
दमौलीबाट छाब्दीतर्फ जाँदै गरेको ग २३ प ५७०० नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ व्यास–१ भादगाउँ निवासी बर्ष ३४ का धनबहादुर थापा र सोही स्थान निवासी मोटरसाइकल पछाडि सवार बर्ष १८ की कृपा दरै घाइते भएका हुन् ।
थापाको प्रदेश अस्पताल दमौली र दरैको मेट्रोसिटी अस्पताल पोखरा रिफर गरिएको छ । दुर्घटना सोमबार १० ३० बजेको समयमा भएको प्रहरीले जनाएको छ ।