मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित खत्रीटोलमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

राति करिब ११:४५ बजे ग.२६ प.२२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २८ वर्षीय बिजय तामाङको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको थियो। उनी रुपन्देही बुटवल खैरहनी स्थायी निवासी भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्कमा बस्दै आएका थिए।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय बिप्लव गुरुङ गम्भीर घाइते भएका छन्। उनी गोरखा, शहिदलखन गाउँपालिका–९ स्थायी निवासी भई हाल आँबुखैरेनी–३ मा बस्दै आएका हुन्। उनको बायाँ आँखा माथि र शरीरका विभिन्न भागमा चोट लागेको र थप उपचारका लागि चितवनको CMC अस्पतालमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको पनि जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्