छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्न पहल लिएका छौं- नेपाली सेना

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ: नेपाली सेनाले देशमा शान्ति सुरक्षा कायम लिन पहल लिएको बताएको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गर्दै छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको जानकारी दिएको हो।

‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं,’ अपिलमा भनिएको छ। 

अहिले संवेदनशील अवस्था रहेको हुँदा विभिन्न प्रकारका टिकाटिप्पणी र धारणाहरू सम्प्रेषण भइरहेको पनि सेनाको ध्यानाकर्षण भएको जनाएको छ।

सेनाको धारणा भने आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेको पनि उल्लेख छ। साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्