विजया दशमी : शुभसाइतसँगै रातो टीका र जमरा लगाउनेक्रम जारी

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ।

दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको साइत तोकेको थियो। तर, विजयादशमी आफैँमा शुभ दिन भएकोले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा शम्भु प्रसाद ढकालले जानकारी दिए।  

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई आज बिहान ९: २३ बजे शुभसाइतमा विसर्जन गरिएको थियो। 

टीका कता फर्किएर लगाउने ?
परम्परा अनुसार पूर्व-पश्चिम टीकाको साइत हो। पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ। सामान्यतया: पूर्व-पश्चिम नै हाम्रो पुरानो परम्परा हो।

दक्षिणतिर पितृ कर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन। कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन्। 

टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।अन्नपूर्ण

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्