दसैंको आँसु

दमौली न्युज
  • ख-
  • ख+

अमरराज नहर्की

यो दसैं शोकले भरिएको छ,
जेनजी आन्दोलनमा होनाहार युवा गुम्दा
देश आँसुमा डुबेको छ

भगवतीले दानवी शक्तिलाई जितेझैँ,
रामले रावणलाई हराएझैँ,
हामीले पनि असत्य, भ्रष्टाचार र अन्यायलाई
परास्त गर्नैपर्छ

दसैंको सन्देश—
साँचो प्रेम, मानवता र न्याय
धनी त्यो देश हो—
जहाँ आँसु होइन, आशा पलाउँछ
जहाँ समानताको उज्यालो हुन्छ

तर पर्वमा प्रश्न उठ्छ प्रष्ट,
मदिराले ल्याउँछ दुख र कष्ट
स्वास्थ्य, भविष्य, शान्ति गुम्छ,
बालबालिकाको सपना टुट्छ

दसैंको फूलझैँ निर्मल बनौँ
जुवातास होइन, सद्भाव बाँडौँ
राष्ट्रको आशा युवालाई सम्झौं,
घाइते र शोकमा परेकालाई नबिर्सौं

दसैंको साँचो विजय—
भ्रष्टाचारमुक्त समाज,
मानवता र न्यायले भरिएको भविष्य

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी