तनहुँको कालिका मन्दिरमा यसरी भित्र्याउन लगियो फूलपाती

देव गजमेर,दमौली न्युज
  • ख-
  • ख+

दमौली : आज बडा दशैंको सातौँ दिन तनहुँको दमौली स्थित कालिका मन्दिरमा बाजागाजा सहित फूलपाती भित्र्याइएको छ । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघर तथा देवालयहरुमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

तनहुँको दमौलीमा पनि श्रीकृष्ण दल गण चापाघाट, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, कालिका शहिद शान्ति पार्क व्यवस्थापन समिति लगायतको संयुक्त सहभागितामा बाजागाजा सहित फूलपाती भित्र्याएको हो ।

नेपाली सेना र प्रहरी कार्यालयबाट ल्याइएको फूलको डोली बाजागाजा सहित दमौली बजारको परिक्रमा तथा व्यास-३ को विपि वनवाटीकामा रहेको वेलको फेदमा विधिपूर्वक पूूजा अर्चना गरी व्यास-४ को कालिका शहिद शान्ति पार्कको कालिका मन्दिरमा लगि फूलपाती भित्र्याइएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी