काठमाडौंः नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको सुधारका लागि नेता कार्यकर्तासँग सुझाव संकलन तथा अन्र्तक्रिया थालेका छन् । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितीबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणाप्रति नेता कार्यकर्ताहरुको प्रतिक्रिया र सुझाव आउने क्रम बढे पछि नेता पौडेलले पार्टीमा उठाउने गरी सुझाव संकलन थालेका हुन् ।
केन्द्रीय सदस्यसमेत रहेका पूर्व मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत प्राप्त प्रतिक्रियाहरु ग्रहण गरिरहेका छन् । भने स्थानीय तहसम्मकै नेता तथा कार्यकर्तासँग औपचारिक सम्वादसमेत अघि बढाएका छन् ।
हालै नेता पौडेलले जुममार्फत गरेको अन्र्तक्रियामा सातै प्रदेशका करिब ५० क्षेत्रीय सभापतिहरु सहभागी थिए । उनीहरुले कांग्रेसको सुधारका लागि आत्मालोचनासहित नेता पौडेलले सारेको धारणामा सहमत रहेको भन्दै पार्टी रुपान्तरण तथा पुस्तान्तरण आवश्यक रहेको बताए ।
बैठकमा २६ क्षेत्रीय सभापति सहभागी थिए ।
नेता पौडेलले अबको केही समय निरन्तर सुझाव संकलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने योजना बनाएका छन् । नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा नेपाली कांग्रेसमा रुपान्तरण आवश्यक रहेको भनेका छन्, नेता पौडेलले भने, कसरी र कस्तो रुपान्तरण आवश्यक हो भनेर अन्र्तक्रिया गरेको हुँ । नेता पौडेलले आफू पार्टी सुधारका पक्षमा उभिएको भन्दै कार्यकर्ता तथा नेताबाट प्राप्त सुझाव र विज्ञहरुसँगको थप छलफलपछि दस्तावेजसहित आउने बताए ।










