
दमौली : नेपाली कांग्रेस तनहुँले जेनजी आन्दोलनमा ज्यान गुमाएका सवै प्रति १३ औं दिनको तिथिमा गहिरो भावपुर्ण श्रद्धाञ्जली वक्तव्य मार्फत जनाएको छ । २०८२ भाद्र २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ज्यान गुमाएका सम्पुर्ण परिवार प्रति गहिरो समवेदना सहित घाईते प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।
नेपाली काग्रेस तनहुँले शनिवार निकालेको वक्तव्यमा २०८२ भाद्र २३ र २४ गते नेपालका जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका सबै प्रति नेपाली कांग्रेस तनहुँ परिवार गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनु भएका सम्पुर्ण महान नेपाली आमाका सपुतहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ । घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ वक्तव्यमा भनिएको छ ।
अर्को तर्फ जेनजी पुस्ताको आन्दोलनलाई धमिलो बनाई, गलत मनसाय पुरा गर्ने विभिन्न समुहहरुले २४ गते विहानै देखि अकल्पनीय ढंगले सर्वोच्च अदालत, देश भरका विभिन्न कार्यालय तथा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँ र अन्य सरकारी कार्यालय, नेपाली कांग्रेस तनहँको कार्यालय एव अन्य राजनैतिक दलको कार्यालयमा तोडफोड र आगजनी गर्ने प्रति घोर भत्सना गरेको जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा, तनहुँका केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदिप पौडेल लगायत अन्य नेताहरुको घरमा तोडफोड तथा भौतिक आक्रमण जस्तो अपराधिक क्रियाकलाप गरिएको एवं जिल्ला स्तरिय नेता तथा पार्टी सदस्यहरुमा राजनैतिक आस्थावानका कारण अभद्र व्यवहार गरिएको प्रति घोर भत्सना गर्दै उक्त अप्रिय र अनपेक्षित घटनाहरुको छानविन गरि कार्वाहीको दायरामा ल्याउन समेत वक्तव्य मार्फत जोडदार माग गरिएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मी भक्त खनालले बताए ।