
मुग्लिन : नारायणगढ-मुग्लिङ सडकमा ढुङ्गा खसेर लाग्दा गाडीमा सवार एक जनाको मृत्यु भएको छ।
नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तरगत नाम्सी पुलमा ढुङ्गा खस्दा गाडीमा सवार यात्रुको मृत्यु भएको थियो।
तनहुँबाट नारायणगढ तर्फ जाँदै गरेको ग २ ख १८३६ न को बसमा सवार यात्रु जिल्ला लमजुङकी ४६ कि ऎश्वर्या कामी सडक माथिबाट ढुङ्गा खसी बसको खुला ढोकाबाट छिरि लाग्दा अनुहार टाउकोमा चोट लागि घाइते भएकोमा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए । बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।