
दमौली : जेनजीको आन्दालनका क्रममा तनहुँ कारागारबाट भदौ २४ गते मङ्गलबार साँझ ३२७ जना कैदीबन्दी फरार भएका थिए । फरार कैदी मध्ये शुक्रबार सम्ममा जम्मा ६५ जना पक्राउ परेको छन् । जेनजी आन्दोलनमा विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला कैदीबन्दी पनि सोहि दिन बेलुका भागेका थिए ।
कारागारबाट भाग्नेमा २० जना महिला र बाँकी सबै पुरुष रहेको कारागार प्रशासनले जनाएको छ । “स्थिती नियत्रण बाहिर गएपछी कैदीबन्दी भाग्न सफल भएका थिए ।“ मङ्गलबार दिउँसो देखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन लगायतका, जिल्ला समन्वय समिति, तनहुँ जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिंचाइ कार्यालय लगतयतमा आगजनी र तोडफोड गरेका थिए ।
फरार कैदीबन्दी मध्ये कतिपय सजाय भुक्तान गरीरहेका सामान्य मुद्दाका रहे पनि धेरै जना गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइ रहेका थिए ।