
दमौली: तनहुँको बन्दीपुर–१ नाहालामा बा.प ०६–००१ प ९२३३ नम्बरको FZ मोटरसाइकल र टिपर एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ।
मोटरसाइकल चालक दुर्घटनामा परि गम्भीर घाइते भएका थिए, तर उपचारको क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ।66
दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने सोही क्रममा भागेको टिपरलाई आबुखैरेनीमा नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।