
दमौली: शनिबार राती सम्पन्न आदिकवि भानुभक्त क्याम्पस संचालक समितिको अध्यक्षमा केशबहादुर सुनार निर्वाचित भएका छन्। ३९ औ साधारण सभा १२ अधिवेशनबाट तीन सय ७३ मत प्राप्त गरी सुनार बिजयी भएका हुन्। कूल मत सात सय ८७ मतमध्ये ६ सय ७७ मत खसेको थियो ।
त्यसैगरी सदस्यहरुमा संगिता घिमिरे ४४७, भाग्याशाली ढुङगाना ३१४,रामकृष्ण बिक ४६९,बिबेक भट्टराई ५०२, सोमराज सिग्देल ४३५,डा इश्वरचन्द्र वाग्ले ४९२ मत प्राप्त गरेका छन् । त्यसैगरी,भरत पन्थ ४१९,सुनिल मिश्र ४९०,मोहन गिरी ५००,निर्मल पण्डित ३४१,ईश्वर बहादुर बिष्ट ३३४ र श्रीराम कार्की ४१७ मत प्राप्त गरी विजयी भएका छन् ।
मतदान अधिकृत अधिवक्ता सरीता थापा भण्डारीका अनुसार अध्यक्ष पदका अन्य प्रत्यासी कमलामोहन वाग्लेले दुई सय ३३ र चूडामणी दाहालले ६० मत प्राप्त गरेका थिए ।