
गोरखा : काठमाडौँबाट गोरखा जाँदै गरेको रात्रीबस भिमसेनथापा गाउँपालिका– ३ तान्द्राङ टारीफाटमा दुर्घटना भएको छ ।
दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने बस रुखमा अड्किँदा ठुलो मानवीय क्षति हुनबाट जोगिएको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । काठमाडौँबाट गोरखा माछिखोला जाँदै गरेको बागमती प्रदेश ०१ –००६–४१–३१ नम्बरको रात्रीबस मंगलबार बिहान गोरखाको भिमसेनथापा गाउँपालिका टारीफाटमा दुर्घटनामा परेको हो।
बसमा करिब १५ जना यात्रु सवार थिए। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेहरुको तत्काल उद्धार सशस्त्र प्रहरी र स्थानीयबासीले संयुक्त रूपमा गरेका थिए। उनीहरुलाई उपचारका लागि गोरखा अस्पताल पुर्याइएको छ।
बस सडकबाट अनियन्त्रित भई तल झर्दै गर्दा बाटो छेउको रुखमा अड्किँदा ठुलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ ।