चारकुने टोल विकास संस्थाको अध्यक्षमा पण्डित,सचिवमा नेपाली

देव गजमेर, दमौली न्युज
  • ख-
  • ख+

दमौली: व्यास नगरपालिका वडा नं १ स्थित चारकुने टोल विकास संस्थाको २३ औं साधारणसभा तथा नवौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष रमेशचन्द्र हड्खलेले पानसमा दीपप्रज्वलन गरी उदघाटन गरेका थिए।

उक्त अधिवेशनले भगवती पण्डितको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुरेश आचार्य,सचिवमा एस.बि.नेपाली,सहसचिवमा कल्पना राई,कोषाध्यक्षमा भरत अधिकारी सर्वसम्वत चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा दुर्गा वस्ती,खुमाया थापा,सुनिता नेपाली र नारायणी सापकोटा गरी नौ सदस्य कार्य समित गठन गरिएको छ । संस्थाकी कार्यवाहक अध्यक्ष भगवती पण्डितको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा बानियाँको थियो भने कार्यक्रमको सहजिकरण सचिव सुरेश आचार्यले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्