काठमाडौँ :नेपालीहरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ ।
‘कुत्सितः ऊष्मा कूष्मा त्रिविधतापयुतः संसारः स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डाः’ अर्थात् तीन प्रकारका तापले युक्त विश्व ब्रह्माण्डलाई जसले आफ्नो उदरमा धारणा गरेको छ, ती भगवती कुष्माण्डाका नामले स्थापित छिन्।
चौथो दिनमा विधिपूर्वक स्थापित देवताहरूको नित्य पूजा गरी नवदुर्गाको प्रतिमामा कुष्माण्डा नाम गरेकी देवीको पूजन गरिन्छ। कुष्माण्डको अर्को अर्थ हुन्छ कुभिन्डो जुन देवीको पूजामा बलिका लागि नभई नहुने फल हो। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।










