माइक्रो र बस एक आपसमा ठोक्किदा १३जना घाइते

दमौली न्युज
  • ख-
  • ख+

डुम्रे: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर -४ डुम्रे बजार नजिक (इभी)माइक्रो र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा चालक सहित ४ गम्भीर र ९ जना सामान्य घाइते भएका छन्।

घाइते ४ जनाको पोखरा मणिपाल र ८ जना घाइतेको सिएमसी चितवन र केही घाइते लाई दमौली रत्नहरि लगिएको छ ।

दुर्घटनामा माइक्रोमा च्यापिएका चालक र केहि यात्रुलाई प्रहरीले उद्धार गरेको थियो । दुईवटा सवारीसाधन ठोक्किँदा माइक्रोमा भएका पेसिन्जर गम्भीर घाइते भएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्