
दमौली: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने शुक्रबार गृह जिल्ला तनहुँ आउने भएकी छन् । तनहुँको बन्दीपुर र भानु नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री न्यौपाने तनहुँ आउन लागेकी हुन्।
मन्त्री न्यौपाने शुक्रबार बन्दीपुर गाउँपालिका कार्यालयमा कर्मचारीहरुलाई भेटघाट तथा निर्देशन दिने कार्यक्रम रहेको छ । त्यसपछि भानु नगरपालिकामा अखिल नेपाल महिला संघ भानु नगर कमिटिले आयोजना गर्ने तीज गित प्रतियोगितामा प्रमुख अतिथीको रुमपा मन्त्री न्यौपानेको उपस्थिती रहने छ ।
उक्त तिज गित प्रतियोगिता भानु नगरपालिका–१ ग्रिनपार्कमा हुने अनेमसंघ भानु नगर कमिटिकी अध्यक्ष खिममाया गुरुङले बताइन् ।