
दमौलीः शिक्षक संघ तनहुँका प्रवक्ता एवम् शिक्षक बुद्धि बहादुर वरालीले व्यास १० दुम्सीचौरमा रहेको भानु माध्यमिक विद्यालयलाई स्देशनरी सामाग्री सहयोग गरेका छन् ।
शिक्षक बरालीले आफ्नो जन्म दिनको अवसरमा विद्यालयको स्टेशनरी बैंकलाई स्टेशनरी सामाग्री सहयोग गरेका हुन् ।
जन्म दिनमा गरिने खर्चले मात्र पनि निम्न वर्गका बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने भएको हुनाले आफ्नो जन्म दिनमा स्कुललाई स्टेशनरी सामाग्री सहयोग गरेको बताए ।
फजुल खर्च गर्नु भन्दा यस्तै सामाजिक काममा गरिएको लगानी सार्थक र उपलब्धिमुलक बन्ने पनि बरालीको भनाई थियो ।