
भिमाद: नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सहिद कल्याण खनालको शालिक अनावरण गरेका छन् । सभापति देउवाले भिमाद आएर खनालको शालिक अनावरण गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले भिमादमा आयोजना गरेको सहिद कल्याण खनालको २३ औं स्मृति सभा एवम् शालिक अनावरण कार्यक्रमलाई सम्बोधनका क्रममा सभापति देउवाले सहिद खनालले गरेको योगदानको बारेमा चर्चा गर्नुका साथै खनालको योगदानको कदर गर्नु पर्ने बताएका थिए।