सृष्टि रानाको उपचारका लागि तनहुँ समाज यूकेको आर्थिक सहयोग

देव गजमेर,दमौली न्युज
  • ख-
  • ख+

भिमाद : भिमाद ४ निवासी कलाकार सृष्टि रानाको उपचारको लागि सहयोगार्थ जुटेको छ । स्नायू सम्बन्धी जटिल रोगबाट ग्रसित रानाको उपचारका लागि तनहुँ समाज यूकेले संकलन गरेको १० लाख ५५ हजार रुपैयाँको चेक एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।

भिमाद नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद जीत प्रकाश आले, नगरप्रमुख दधिराज सुवेदी, तनहुँ समाज यूकेका प्रतिनिधि शोभा गौतम र डा. प्रकाश गौतमले संयुक्त रूपमा रानाका बुवालाई चेक हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै सांसद आलेले कलाकारप्रतिको सामाजिक सहयोग प्रेरणादायी हुने बताए। नगरप्रमुख सुवेदीले भिमाद नगरपालिकाबाट पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए।

मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’की प्रमुख अभिनेत्री सृष्टि राना हाल स्नायू रोगका कारण काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचाररत छिन्। यस अभियान सञ्चालनमा प्रताप राना र मनोज आलेको विशेष भूमिका रहेको जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्