चितवनबाट विक्रीका लागि ल्याइएको १३ ग्यालिन चुक अमिलो दमौलीमा बरामद

देव गजमेर
  • ख-
  • ख+

दमौली: दमौलीमा बिक्रीका लागि ल्याइएको चुक अमिलो अखाद्य भएको भेटिएको छ । गैंडाकोटबाट बिक्रीका लागि ल्याइएको उक्त अमिलो संका लागि खाद्य डिभिजन तथा गुण नियन्त्रण कार्यालयले चेकजाँच गर्दा अखाद्य भएको पाइएको हाे ।

चितवन घर बताउने संगीता परियारले दमाैलीमा उक्त अमिलो बिक्रीका लागि डुलाउँदै गर्दा उद्योग बाणिज्य संघको टाेलीलाइ शंका लागि खाद्य तथा अन्य सराेकारवाला निकायलाई खबर गरेको थियो ।

खाद्य डिभिजन तनहुँका प्रमुख ज्याेती आचार्यका अनुसार जनप्रतिनिधि र व्यास नगरपालिका तथा उद्योग बाणिज्य संघ लगायतको राेहबरमा उक्त चुक चेकजाँच गर्दा अखाद्य भेटिएपछि नस्ट गर्ने तयारी भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्