ऐना पहरा नजिकै बस दुर्घटना हुँदा ५ जना घाइते

देव गजमेर
  • ख-
  • ख+

दमौली: पृथ्वी राजमार्ग स्थित ऐना पहरा नजिकै बस दुर्घटना भएको छ । नारायणगढ बाट गोरखा जान लागेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडानं २ ऐना पहरा क्षेत्रमा दुर्घटनामा परेको हो ।

ग २ ख १०७७ नम्बरको बस दुर्घटना हुँदा ५ जना घाइते भएको आंबुखैरेनी प्रहरीले बताएको छ। बस रोकेर केही यात्रु ऐना पहरा घुम्न गएका थिए भने केही यात्रु बसभित्रै थिए। बस पार्किङबाट स्टार्ट गरी सडकमा ल्याउन लाग्दा हुत्तिएर सडकबाट केही मिटर तल खसेको जनाईएको छ ।

दुर्घटनामा चालक सहित ५ जना यात्रु घाइते भएका छन् भने ति मध्ये ३ जना सामान्य १ जना मध्यम र १ जना गम्भिर अबस्थामा रहेको आंबुखैरेनी प्रहरी चौकी ले जानकारी दिए। प्रहरी चौकीका अनुसार बस नारायणघाट देखि गोरखा जान लागेको बताईएको छ।

घाइतेहरूलाई आँबुखैरेनी स्थित अस्पतालमा उपचारका लागि लगिएको थियो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्