
शालिकराम गहतराज
भिमाद: भिमाद नगरपालिका–५ अठाईस चौतारीमा साउन ४ गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय सन्दीप बिकको उपचारका लागि ८ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग जुटेको छ । सामाजिक अभियान्ता गोपाल वि.कको संयोजनमा स्थानिय युवाहरुको अग्रसरतामा आर्थिक सहयोग संकलन गरी पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
सन्दीप बिक सवार ग ९ प ८४०९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प १६७१ नम्बरको अर्को मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा जलौदीका १९ वर्षीय सुरेश नेपाली र मदन कुमाल रहेको पुष्टि भएको छ । सामाजिक अभियान्ता गोपाल विक, टेक बहादुर नेपाली, मनोज विक, पुर्ण विक, डेनीस थापा, सागर गैरे, अमृत गैरे, अनिल विक, दुर्गा थापा लगायतले देश तथा विदेशमा रहेका नेपालीहरु सँग सम्पर्क गरी सहयोग गरि दिन आग्रह गरे पछि सहयोग जुट्न थालेको थियो ।
दुर्घटना पछि सन्दीप बिकलाई पोखरा स्थित गण्डकी मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरी ८ दिन सम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। पछिल्लो समय उनको अवस्था गम्भीर बने पछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरी भेन्टिलेटरमा राखिएको सामाजिक अभियान्ता गोपाल वि.कले बताए । उनका अनुसार शल्यक्रिया तथा अन्य जटिल उपचारका लागि अत्यधिक खर्च लाग्ने भएकाले आर्थिक सहयोग संकलन गरिएको जानकारी दिए ।
केहि वर्ष वर्ष अघि घिरिङका रोशन बिक लाई पनि सामाजिक अभियान्ता गोपाल बि ककै संयोजनमा समर रानाभाटकोे सहयोगमा उनको उपचारका लागि पनि रकम उठाएर उपचार गर्ने ब्यबस्था मिलाएका थिए । गोपाल वि.कले विगतका दिनहरुमा रकम अभावका कारण विरामीले उपचार गर्न नसक्नेहरुलाई सहयोेग गदैै आएका छन् ।
उपचारका लागि पैसा अभाव भएको बेला सहयोग गरेर जिवन रक्षा गरिदिने सवैलाई धन्यवाद दिदै, छोराको उपचारमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरूलाई शब्दमा प्रसंशा गर्न नसक्ने पिडित परिवारको भनाई छ ।