
शालिकराम गहतराज
भिमाद: भिमाद नगरपालिका श्वास्थ्य शाखाको आयोजनामा डेंगुको प्रकोप नियन्त्रण सम्बन्धी अभिमुखी करण कार्यक्रम तथा प्रभात फेरी गरीएको छ । शुक्रबार भिमादको विभिन्न ठाउँमा कार्यक्रम गरीएको हो।

डेगुं रोग आफ्नै घर वरपर हुने पानीका खाल्टा खुल्टी र सरसफाइमा ध्यान नदिदाँ लामखुट्टेले टोकेर लाग्ने भएकाले वर्षादको समयमा विशेष ध्यान दिन नगरवासीलाई अनुरोध गरीएको थियो।
अभिमुखिकरण कार्यक्रममा भिमाद नगर पालिका प्रमुख दधिराज सुबेदी, उपप्रमुख शारदा खनाल, प्रशासकिय अधिकृत कमल प्रसाद पुन, नगर प्रबक्ता तथा वडा नं ३का वडा अध्यक्ष पदमराज सेन, वडा नं ७का अध्यक्ष प्रकास श्रेष्ठ वडानं १का वडा अध्यक्ष दिपक आले लगायतको उपस्थित रहेको थियो।

कार्यक्रममा नगरपालिका कर्मचारी स्वास्थ्य शाखा प्रमुख ,टोल बिकाश संस्थाका अध्यक्ष स्वास्थ्य स्वयमसेविका सहितको उपस्थितिमा प्रभातको फेरी कार्यक्रम सम्पन्न भएको थियो।