
दमौली: लायन्स क्लब अफ तनहुँ दमौलीले आफ्नो सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । क्लबले व्यास नगरपालिका–४, दमौली स्थित कालिका मन्दिर जाने बाटोमा नेपालको राष्ट्रिय झन्डा झण्डोत्तोलन गर्नुका साथै केक काटेर मनाएको हो ।
लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष वसन्त जिसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरू र अतिथिहरूको उत्साहजनक सहभागिता रहेको लायन्स क्लवका सचिव मिन कुवारले बताए।
त्यस्तै संस्था सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसर पारेर झण्डोत्तोलन गर्न पाएकोमाअध्यक्ष जिसीले खुसी व्यक्त गरे । उनले उपस्थित सम्पूर्ण सदस्यहरु, अतिथि महानुभावहरू तथा सहयोगी हातहरूलाई क्लवका अध्यक्ष जिसीले संस्थाको तर्फबाट र आफ्नो तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए