
दमौली: व्यास नगरपालिका–३ स्थित तरकारी लाइनमा बजार अनुगमनमा गएका टोलीमाथि दुव्र्यवहार गर्ने तीन जनालाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ५५ बर्षीय जवाहित साह,५० की मायादेवी साह र उनका २३ बर्षीय छोरा राजु साह रहेका छन् । पक्राउ परेका तीनै जनालाई नगरप्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख आशिक परियारले जानकारी दिए । उनका अनुसार कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउनका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।
व्यवसायीले अनुगमनमा खटिई गएको टोलीमाथि गरेको व्यवहार गलत भएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। व्यक्तिवादी नभई संस्थावादी हमला भएकाले उनीहरु माथि अभद्र व्यवहारमा कानुनी कारवाही प्रक्रिया अघि बढाउन लागिएको उनले बताए।