
मुग्लिन : मुग्लिन-नारायणगढ सडक खण्डको तुइन भन्ने स्थानमा भारतीय कार माथि ढुङ्गा खसेको छ ।
पहराबाट खसेको ढुङ्गा कारमा बजारिएको हो ।
सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी२९२८ नम्बरको सेतो रंगको कारमा ढुङ्गा खसेको थियो ।
ठूलो आकारको ढुङ्गा बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन् ।
उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ। जसमा पछाडि बसेका तीनजनाको सिटमै ढुङ्गा बज्रिएको थियो ।
पहराबाट आएको ढुङ्गा कारको सनरुफ भत्काउँदै सिटमा रहेका यात्रु माथि लागेको हो । उक्त ढुङ्गाले लागेर घाइतेहरूलाई तत्कालै अस्पताल लगिएको छ ।