छिर्कनमा माइक्रो बस दुर्घटना हुँदा चार जना घाइते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा४ख ८४१३ नं को माइक्रो बस दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालका–६ बस्ने वर्ष ४० को रुद्रबहादुर पहाडी, तनहुँको शुक्लागण्डाकी नगरपालिका–५ बस्ने वर्ष ३० को रामु थापा घाइते भएका छन् ।

त्यसै गरी सहचालक धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिका–२ बस्ने वर्ष २० को कृष्णबहादुर तामाङ र सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–३ बस्ने वर्ष ५४ को रुद्रप्रसाद कटेल घाइते छन् । घाइतेको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्