
दमौली : नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले साउन २ गते देशभर शैक्षिक हड्तालको घोषणा गरिएको छ । क्रान्तिकारीका कार्यलय सचिव एवम् तनहुँ ईन्चार्ज शिब सदाशंकले श्रावण १ गते जारी बिज्ञप्तिमा निशुल्क र बैज्ञानिक शिक्षाको ग्यारेन्टी सहितको जनपक्षीय शिक्षा ऐन तत्काल जारी गर्नु पर्ने माग गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ पार्टी निरन्तर आन्दोलित छ, आन्दोलनकै कार्यक्रम अन्तर्गत रहेको हुनाले गण्डकी प्रदेश भित्र संचालित सामुदायिक तथा संस्थागत विद्यालय, क्याम्पस , ट्युसन सेन्टर लगायत सबै शिक्षा सँग सम्बन्धित कार्यालय र संस्थाहरु बन्द गरि आन्दोलनमा साथ, सहयोग र समर्थनका लागि अनुरोध गरीएको छ।
शिक्षामा व्याप्त चरम विभेदको अन्त्य, निःशुल्क, समान र वैज्ञानिक शिक्षाको सुनिश्चितता, संविधान प्रदत्त शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, स्वदेशमै अध्ययन र रोजगारीको अवसरको विस्तार तथा राजनीतिक हस्तक्षेप, माफियाकरण र दलालीकरणको अन्त्य हड्तालको मूल उद्देश्य रहेको कार्यलय सचिव एवम् तनहुँ ईन्चार्ज सदाशंकले बताए।
उनले भने यदि वन्दको समयमा शैक्षिक संस्था अटेर गरी खोलेमा , त्यस्तो शैक्षिक संस्थामा तोडफोड भएमा स्वयम शैक्षिक संस्था नै जिम्मेवारी हुनुपर्ने पनि बताए।
