
बन्दिपुर: बन्दीपुर केबलकार लिमिटेडले साउन ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुल्ने भएको छ। कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको २० लाख १६ हजार कित्ता सेयर खुलाउन लागेको हो।
आईपीओ अन्तर्गत १ लाख ६ हजार कित्ता सेयर आयोजना प्रभावित तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकावासीका लागि छुट्याइएको छ भने १ लाख कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख १० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ।
प्रति सेयर मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीका अनुसार आयोजनाको कुल लागत ब्याज सहित ३ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पुगेको छ। लगानीको प्रतिफल अवधि सामान्य अवस्थामा १२ वर्ष र छुटमा १० वर्ष रहने कम्पनीले जनाएको छ।
यस आईपीओमा विदेशमा कार्यरत नेपालीले पनि आवेदन दिन सक्ने छन्। आईपीओको बिक्री व्यवस्थापनको जिम्मा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।