
दमौली: लायन्स क्लब अफ दमौलीद्वारा व्यास-५, मानुङ डाँडामा वृहत वृक्षारोपण गरिएको छ ।लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा
शनिवार वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ एल नेपालका GLT Coordinator लायन सरोज भण्डारीको प्रमुख अतिथि तथा Zone 14 का Zone Chairperson लायन र निल रोकाको विशेष उपस्थित रहेको थियो।

उक्त कार्यक्रम क्लवका अध्यक्ष लायन बसन्त जि.सी को संयोजकत्वमा, पूर्व अध्यक्षहरू, क्लबका पदाधिकारीहरू तथा सदस्यहरूको सक्रिय सहभागितामा सफलतापूर्वक वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको क्लब का अध्यक्ष बसन्त जि.सीले जानकारी दिए ।

४ प्रकारका बिरुवा (वृक्ष) रोपिएको र यस विरुवा वातावरणीय सन्तुलनमा योगदान पुर्याउने विश्वास लिइएको छ ।