
काठमाडौं । सरकार र आन्दोलनरत सुनचाँदी ब्यवसायी महासंघहरु वीच आज अर्थ मन्त्रालयमा भएको वार्ता सफल भएको छ ।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सरकारी प्रतिनिधी र ब्यवसायीवीचको बार्तामा सहमति कायम भएको छ । यो सँगै अनिश्चितकालिन ब्यसाय बन्द गरेर आन्दोलनका कार्यक्रमको बिषयमा पनि सहमति जुटेको छ ।
सुनचाँदी ब्यवसायीहरु र सरकारवीच कार्यदल गठन गर्ने निर्णय भएको छ भने आन्दोलन, बन्दका कार्यक्रम र अनशन स्थगन गर्ने सहमित भएको छ ।
