पोखराः सोमबार लगातार संक्रमतिको संख्या थपिए पछि गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या पाँच हजार नौ सय ६० पुगेको छ ।
निर्देशनालयले विभिन्न समयमा जारी गरेका बुलेटिनहरुका अनुसार सोमबार मात्र प्रदेशभर दुई सय २९ जनामा संक्रमण भेटिएको पुष्टि भएको छ ।
सरकारले अब नागरिकको खर्चमा मात्र कोभिड परीक्षण गर्ने नीति लिए पछि थप पीसीआर संकलनको दरमा गिरावट आएको छ भने नयाँ संकलन कम भएकाले परीक्षण दर भने वृद्धि भैरहेको छ ।
अब अति विपन्न र तोकिएका विशेष अवस्थाका बाहेकको परीक्षण सरकारले नगर्ने भएपछि संक्रमित भेटिने दरमा पनि केही दिनभित्रमा गिरावट आउने अनुमान गरिएको छ ।










