पत्रकार नहर्कीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

दमौली न्युज
  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाले पत्रकार अमरराज नहर्कीलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ  । व्यास नगरपालिकाको समग्र विकास अभियानमा आर्थिक वर्ष २०८१/०८२ को उत्कृष्ट समाचार सम्प्रेषण गरे बापत ४३ औं नगरसभाबाट नगद दस हजार सहित सम्मान गरेको हो ।

व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले मङ्गलबार सयुक्त रुपमा सम्मानपत्र, नगद प्रदान गरी दोसल्ला ओढाई  सम्मान गरेका थिए ।आमसञ्चार पत्रकारितामा स्नाकोत्तर गरेका नहर्की विगत दुई दशक अघि देखि पत्रकारितामा क्रियाशिल छ्न् ।

पत्रकार नहर्कीले नेपाल सरकार शिक्षा मन्त्रालय तथा नेपाल पत्रकार महासङ्घले सयुक्त रुपमा प्रदान गर्ने, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखन वृद्धि पुरस्कार, नेपाल तरुणदलले प्रदान गर्ने तरुण पत्रकारिता पुरस्कार, एपिक म्यूजिक अवार्ड, जय प्राप्ति म्यूजिक अवार्ड लगायत दजनौं पुरस्कार पाईसकेका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्